Nirvik Khabar

भरतपुरमा बिहे भोज खाएका २०० बढी बिरामी,केही अस्पताल भर्ना

चितवन-  चितवनको भरतपुर बिहे भोज खाएका २०० बढी बिरामी भएका छन् । नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको एक रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन् । भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फ बिरामी भएको दुलहीका दाई विशाल अधिकारीले जानकारी दिए ।

गैडाकोँट वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथिभाई जन्ती आएका थिए । दुलही करिष्मा अधिकारीको घर हाकिमचोक भएपनि रिसोर्टबाट विहे भएको थियो । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने,पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना हुनुभएका सविन लम्सालले बताउनुभयो ।

विहे भोजमा करिब पाँचसय जनाले खाना खाएको लम्सालले जानकारी दिनुभयो । मासु खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो । यस बिषयमा रिसोर्ट व्यवस्थापन पक्षसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस