भरतपुर २२ कार्तिक
चितवन क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेद्बार जगन्नाथ पौडेलले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताएका छन् । ‘राजनीतिक रुपमा म काँग्रेस हुँ, अहिले बिद्रोही नेता भन्छन , म सधै देश र पार्टिको हितका लागी काम गर्ने मान्छे हुँ स्वतन्त्र छु , बिकासमा कुनै दलको थ्रेसमा पर्दिन’, उनले भने, ‘समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’ चितवनको क्षेत्र नं.३ को गीतानगर पार्बतीपुर लगायतका स्थानमा आयोजित घरदैलो तथा कोणसभामा उनले त्यस्तो बताएका हुन् ।
उम्मेदवारपौडेललेले विद्यालयल शिक्षालाई सुधार गर्दै कृषि र पर्यटनसँग जोड्नुपर्ने, युवालाई उद्यमशील बनाइ स्वदेश भित्र नै जोगाउनुपर्नेमा जोड दिए । भुमिहीन । निकुन्ज भित्रको समस्या समाधान । निती निमार्णमा सुधार लगायत सडक स्तरोन्नती लगायतका योजना रहेको र पुरा गर्ने लक्ष्यमा साथ दिन आग्रह गरे ।
विकासका रुपमा बाटो, विद्युत, पुल, खानेपानीलाई मात्रै हेर्न नहुने उनको भनाइ छ । ‘जनताका आवश्यकता पूरा गर्छौं नैु उनले भने, ‘अब विकासलाई नयाँ ढंगबाट सोच्नुपर्ने समय आएको छ ।’ आफूले जनताको मन र आवश्यकतालाई बुझेको भन्दै जनमतको अपमान नगर्ने बताए । उनी स्थानिय तहको निर्बाचनमा भरतपुर महानगरको मेयर पदमा कांग्रेस बाट बागी उम्मेद्वारी दिएपछि भुईकटहर समूह भनेर ब्यापक चर्चामा रहेका थिय भने अहिले चुनाब चिन्ह सुर्यमुखी फूल पाएका छन् ।
Discussion about this post