Nirvik Khabar

प्रचण्ड पत्नी अस्पतालमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई बुधवार अस्पताल भर्ना गरिएको छ ।सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेको छ । उनलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको बताइएको छ ।सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्य लाभ गरिरहेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस