Nirvik Khabar

आज इन्द्रजात्राकाे अन्तिम दिन, इन्द्रध्वजा ढालिँदै

sf7df8f}+ ebf}+ @$ OGb|hfqfsf] cj;/df xg'dfg9f]sfdf s'df/Lsf] /y tfGb} ;j{;fwf/0fx? . t:jL/ M k|blk/fh jGt,/f;;

काठमाण्डाै – काठमाण्डाैको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ । आज बेलुका ७ बजेर ३३ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिगो ढालिने केन्द्रीय मानन्धर सङ्घका पूर्व उपसभापति मोहन कृष्ण मानन्धरले बताउनुभयो ।

इन्द्रध्वजा ढालेपछि टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डाैको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासिं भनिने अष्टमात्रिकाको प्रतिकलाई भने अर्को सालको जात्राको लागि राखिने मानन्धरले बताउनु भयो । भाद्र २२ गते इन्द्रध्वजा ठड्याएर येँया भनिने इन्द्रजात्रा सुरु भएको थियो ।

यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाहरुले तानिँदैछ । केहीवर्ष अघिदेखि आजकाे दिन कुमारीको रथ महिलाहरुले मात्र तान्न थालेका हुन् । आज महिलाहरुले कुमारीसहित गणेश, कुमारको रथलाई वसन्तपुर, प्याफल , नरदेवी , किलागल, भेडासिंबाट तानेर कुमारी घरमा नै फर्काइने इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै आज एक हप्ताको लागि खोलिएको श्वेत भैरवको ढोका पनि बन्द गरिँदैछ भने जात्राको लागि विभिन्न ठाउँबाट आएका पुलुकिसी, लाखे लगायतका देवगण पनि पूजा थापेर आआफ्नो ठाउँमा नै फर्किँदैछन् । त्यस्तै आजका दिन राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका थाप्ने परम्परा छ ।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस