Nirvik Khabar

राइड सेयर एप ‘सवारी ‘ चितवनमा पनि

received_2129529764081875

सुरज पाैडेल

चितवन –  समय बचतका लागी निकै सफल मानिएको राइड सेयरीङ सुविधा अब चितवनबाट पनि सञ्चालन भएको छ । काठमाडौं ,बुटवल, भैरहवा र पोखरामा सेवा दिईरहेको उक्त सुविधालाई जी एण्ड जी ग्रुपले चितवनमा भित्र्याएको हो । ‘सवारी ‘ नामक एपबाट सञ्चालन हुने यस सेवामार्फत चितवन र आसपासका यात्रुले आफ्नो मोबाइलबाटै सहजै आफ्नो ५० किलोमिटर सम्मको यात्राको बन्दोबस्त गर्न सक्नेछन् ।

काठमाडौंमा सञ्चालन गरिएको पठाओ जस्तै राइड सेयरिङ सेवा ‘सवारी ‘ले अब घर मै बसि बसि वा आफू रहेको कुनै पनि स्थानबाट आफू वा आफ्ना आफन्तका लागि गन्तव्यमा पुर्याउन यातायातको व्यवस्था गर्न सकिनेछ । सवारी एप मार्फत चितवनमा प्रदान गरिने यातायातका माध्यमहरु भने मोटरसाइकल वा ट्याक्सी र अटोमात्र हुनेछन् । बढ्दो टेक्नोलोजीको उपयोगलाई कुनै एक ठाँउलाई मात्रै सीमित नराखी देशैभरी फैलाउन वा ‘सवारी ‘ एपलाई चितवनमा भित्र्याइएको जी एण्ड जी ग्रुपका संस्थापक रोहित यादबले जानकारी दिनुभयो ।

नेपालबाटै प्रबिधी प्रयोग गरेर नेपाली बजारमा सुरुवात भएको राइड सेयर एप’सवारी ‘ रहेको अर्का संस्थापक शेरबहादुर शाहले बताउनुभयो । उँहाले भन्नुभयो “नेपालमा रहेका अन्य राइड सेयर एपहरु आयातित हुन् ,तर सवारी नेपालकै उत्पादन हो ,यसलाई यात्रु र चालकले सहजै लिनुहुनेछ भन्ने आसा लिएका छौं ”।

No description available.

‘सवारी ‘मा राइड बुक गरेबापत ट्याक्सी १ किलोमिटर बराबर ५५ रुपैयाँ र बाइक २० रुपैयाँलाग्नेछ । करिब ५० किलोमिटर सम्मको दुरीमा सवारीमा बुक गर्न सकिनेछ । समान्यतया सवारी बुक गरको ३ देखी ४ मिनेट सम्ममा यात्रुसामु क्याप्टेन आइपुग्ने बताईएको छ । चितवनमा पनि सो सेवा सुरु भैसकेको ‘सवारी ‘ चितवन शाखा प्रमुख बिपिन काफ्लेले बताउनुभयो ।

सवारीले आफ्नो सवारीसाधन र लाइसेन्स भएका जोकोहीलाई सहजै रोजगारीको अवसरसमेत प्रदान गर्ने कम्पनीले बताएको छ । सेवाग्राहीले सवारी मार्फत सेवा लिँदा भाडामा पारदर्शिता, पुग्ने ठाउँसम्मको लोकेशन, अग्रिम बुकिङ, लगाएतको सुबिधा पाउनेछन् ।

‘सवारी ‘ कसरी प्रयोग गर्ने ?

सवारीमा आबद्ध हुन चाहनेले सबैभन्दा पहिले गुगलको प्ले स्टोर वा एप्पलको एप स्टोरबाट सवारीमा एप डाउनलोड गर्नु पर्नेछ । सवारीमा एप सेवाग्राही र सेवा प्रदायकका लागि छुट्टाछुट्टै हुनेछ ।

सेवाग्राहीले  Savari taxi Auto & Bike  तथा सेवा प्रदायकले ]  Savari  Driver  नामक एप्लिकेसन डाउनलोड गरेर अनलाइन दर्ता गरेपश्चात यस सेवा लिन र दिन सकिनेछ । सवारीमा आबद्ध सेवा प्रदायकलाई क्याप्टेन भनिनेछ । क्याप्टेन बन्न भने चालक एप डाउनलोड गरेर आफ्नो सवारीचालक प्रमाणपत्र, सवारीसाधनको तस्वीर, ब्लुबुक र नम्बर प्लेटको तस्वीर राखी दर्ता गर्नुपर्ने प्राबधान रहेको छ ।

कम्पनीले चालक तथा यात्रुको सुरक्षाका लागि बिमाको व्यवस्था गरेको हुदा यो एप सुरक्षित रहेको दाबी गरेको छ । जसमा बाईकको लागी २ लाख , अटोको लागी ३ लाख र ट्याक्सीको लागी ५ लाखको बिमा सुबिधा उपलब्ध छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस