Nirvik Khabar

इसुजु चितवन गोल्डकप: राजको दोहोरो ह्याट्रिकमा बिएफसीको फराकिलो जित

चितवन – फर्वाड राज भुसालको दोहोरो ह्याट्रिक मद्तमा केबिए ग्लोबल भरतपुर फुटबल क्लबले इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा फराकिलो जित हात पारेको छ ।आज (शनिबार) बाट सुरु भएको गोल्डकपको उद्घाटन खेलमा बिएफसीले भारतको मोतिहारी एफसीलाई ९-० को फराकिलो अन्तरले पाखा लगायो । बिएफसीको जितमा राज भुसालले दोस्रो ह्याट्रिक गरे भने रन्जित आले मगरले २ तथा रोशन क्षेत्रीले एक गोल गरे ।

एकतर्फी खेलको १६ औं मिनेटमा रन्जितको गोलमा बिएफसीले अग्रता लियो । वान भर्सेस वानमा उनले मोतिहारीका गोलरक्षक मोहम्मद आयानलाई बिट गर्दै सुन्दर गोल गरे । २८ औं मिनेटमा राजले बिएफसीको अग्रता दोब्बर बनाए ।३३ औं मिनेटमा रन्जितले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३-० को अग्रता लियो । ३८ औं मिनेटमा राजले बिएफसीका लागि चौथो गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा राजले ह्याट्रिक पूरा गरेपछि बिएफसीले ५-० को अग्रता लियो ।

दोस्रो हाफको दोस्रो मिनेटमा राजले व्यक्तिगत चौथो गोल गर्दै बिएफसीको अग्रता लम्बाए । दोस्रो हाफको १७ औं मिनेटमा राजको गोलमा बिएससीले ७-० को अग्रता बनायो । २३ औं मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै बिएफसीको अग्रता ८-० मा पुराए । दोस्रो हाफको २५ औं राजले दोहोरो ह्याट्रिक गरेपछि बिएफसी ९-० ले विजयी भयो ।

बिएफसीका राज म्यान अफ दि म्याच चुनिए। उनले नगद दश हजार प्राप्त गरे । गोल्डकपमा भोलि नव जन जागृति युवा क्लब सिमरा र मकवानपुर ११ भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस