Nirvik Khabar

एमालेलाई सिध्याउनु नै गठबन्धनको मुख्य उद्देश्य भएको नेता पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै सिद्धान्त, विचार, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको भन्दै यसलाई एमाले विरोधी ‘अपराधीहरू’को षडयन्त्रपूर्ण डफ्फा भएको आरोप लगाउनुभएको छ ।

शनिबार एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा उहाँले गठबन्धन एमालेको विरोधमा केन्द्रीत भएर निर्माण भएको तर्क गर्नुभयो । गठबन्धनको मुख्य उद्देश्य एमालेलाई सिध्याउनु रहेको पोखरेलको विश्लेषण छ ।

पोखरेलले एमालेका नेताहरूले अर्को गठबन्धन हुन्छ कि हुँदैन भनेर सोध्ने गरेको भन्दै स्थानीय आवश्यकता अनुसार जुनसुकै सम्भव भएको शक्तिसित तालमेल हुनसक्ने बताउनुभयो । उहाँले चुनावमा एमालेले बहुमत ल्याउने दावी समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस