Nirvik Khabar

एमाले आफ्नै खुट्टामा उभिन्छ : उपमहासचिव ज्ञवाली

बागलुङ/ नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले आफ्नै खुट्टामा उभिने पार्टी भएको बताएका छन् । आगामि मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले एक्लै मैदानमा जाने भन्दै ज्ञवालीले एमालेलाई अडिनका लागि अन्य पार्टीको आड नचाहिने जिकीर गरे ।

‘बीचमा कोही आए मिलेर चुनाव लड्ने ढोका खुल्लै छ तर हामिलाई तालमेल वा गठबन्धन गरेर बैशाखी चाहिँदैन्, जनता एमालेको पक्षमा छन्, हामि जनमतको सम्मान गर्छौं’ ज्ञवालीले भने ‘एमालेसँग लड्न पाँच पार्टी मिल्दा समेत नसकेर ७÷८ पार्टीको गठबन्धन हुँदैछ, यो आस्चर्यको बिषय हो ।’

ज्ञवालीले नेकपा एमाले पाँच वटा एजेण्डा सहति चुनावमा जान लागेको समेत जानकारी गराए । उनले एमालेको शक्ति देखेर गठबन्धमा दल थप्ने कार्य भइरहेको भन्दै अहिले एमालेका कारण गठबन्धको घ्याम्पो हल्लिएको टिप्पणी समेत गरे ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका नेता ज्ञवालीले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपीपि, आर्थिक संकट तथा भष्ट्राचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिको लागि योजना बनाएर चुनावमा जान एमाले तयार भएको बताए ।

‘परराष्ट्र नीति धरमराईरहेको छ, यो सरकार जनताप्रति र राष्ट्रप्रति इमान्दार छैन’ ज्ञवालीले भने ‘सन्तुलित र असंलग्न परराष्ट्र नीतिलाई नेपालले छोड्न मिल्दैन् ।’उनले दलीय नीति तथा बिचारलाई त्यागेर सत्ताका लागि गरिने गठबन्धनको औचित्य नरहेको बताए ।

अर्थमन्त्रालयमा भएको लापरवाहीको बिषयमा बोल्दै ज्ञवालीले बहुमत र अल्पमतका आधारमा छानविन समितिको प्रतिवेदन तयार भएको भन्दै बजेट बनाउने बेलाका गल्ति र कमजोरी लुकाउन सत्ताले सबै शक्तिको प्रयोग गरेको आरोप लगाए ।उनले अहिलेको अर्थतन्त्र सुधार गर्नका लागि पूँजीगत खर्च बढाउने, चुहावट रोक्ने र करका दायरा नियन्त्रण गर्ने लगायतका काम गर्नुपर्ने बताए । नेता ज्ञवालीले पार्टी फुटाउन सहयोग गर्ने नेतालाई दुई महिना भएपनि मन्त्री बनाउने होडमा अहिलेको गठबन्धको सरकार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस