Nirvik Khabar

चितवन काँग्रेसको असन्तुष्ट समूहलाई अपिल : कार्वाही फिर्ता हुन्छ, थप गतिबिधि नगर्नुस

राजु सापकोटा
चितवन- नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले पार्टीभित्रको बिबाद समाधानका लागि सहजीकरणको जिम्मेवारी दिएसंगै नेताहरु सकृय भएका छन । बिहिबार पार्टीले निर्णय गरेसंगै तयारीमा जुटेका नेताहरुले शुक्रबार औपचारिक छलफल गरेका हुन ।

केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे सम्मिलित पहिलो दिनको छलफलले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तामाथि गरिएको कार्वाही अविलम्ब फिर्ताका लागि जिल्ला, प्रदेश र केन्द्रमा लेखी पठाउने निर्णय गरेको छ ।

३ नेताको निर्णयबारे जानकारी दिदै केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भने – “गत स्थानीय तहको चुनाबका बेला बिशेष परिस्थितिका कारण चितवन काँग्रेसभित्र अन्तरद्वन्द उत्पन्न भयो । अब यो द्वन्द अन्त्यका लागि ईमान्दार नेता कार्यकर्तामाथिको कार्वाही अविलम्ब फुकुवा गरौं भन्ने हाम्रो निश्कर्ष हो ।”

कार्वाही फिर्ताका लागि आफुहरुले पहल थालेकाकाले कुनैपनि बिचार समूहको नाममा अलग गतिबिधि नगर्न र पार्टीकै मुलधारमा समावेश हुन असन्तुष्ट समूहलाई अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाले आग्रह गरे । आसन्न संघ र प्रदेशको निर्वाचनमा बिरोधी शक्तिहरुसंग एक भर लड्नुपर्ने बेला पार्टीभित्रको किचलो समाधान हुन नसके समस्या खडा हुने भएकाले आफुहरु गंभिर भएर छलफलमा जुटेको कोइरालाले स्पष्ट पारे । कोइरालाले केन्द्रीय समिति बैठकमा समेत कार्वाही फिर्ताको मुद्दा उठाउदै आएका थिए ।

त्यस्तै समितिका अर्का सदस्य पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरेले गत स्थानीय चुनाबदेखि भुइँकटहर समूहका नाममा हुँदै आएको अलग्गै गतिबिधि अबदेखि नगर्न सम्पूर्ण असन्तुष्ट पंक्तिलाई आग्रह गरे । असन्तुष्ट साथीहरुलाई ससम्मान पार्टीमा ल्याइन्छ घिमिरेले भने– “अब तपाइहरुले कुनै शंका गर्नुपर्दैन । हामी अन्याय हुन दिन्नौँ ।” सहजीकरण समितिले छलफललाई अझै तिब्र पारिने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस