काठमाडौँ- कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको मासु चोरी शिकारमा संलग्न सातजना पक्राउ परेका छन्।निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट सुरुमा एक व्यक्तिलाई चित्तलको मासुसहित पक्राउ गरेको थियो।
त्यसपछि उनको बयानका आधारमा पछ्याएको सेना र कर्मचारीको टोलीले अन्य ६ जनालाई पनि एक स्थानीयवासीको घरबाट पक्राउ गरेको हव।उनीहरुलाई स्थानीयको घरमा लुकिरहेको अवस्थामा गस्ती टोलीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट भरुवा बन्दुक २ नाल, टीका बारुद १ प्याकेट, खुँडा एउटा, खुकुरी चारवटासहितका सामग्रीहरु बरामद भएको छ।उनीहरुलाई आवश्यक कारवाहीका लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाइएको सेनाले जानकारी दिएको छ।
Discussion about this post