Nirvik Khabar

राष्ट्रसङ्घले इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने

Advertisements
Single Page Long - 2

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घले अफ्रिकी मुलुक इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । खडेरी प्रभावितलाई मानवीय सहयताको खाँचो रहेको भन्दै राष्ट्रसङ्घले खाद्यान्न उपलब्ध गराइने जनाएको हो ।राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता निकायलाई खडेरीबाट पीडित भएका एक करोड ६० लाख र बाढी प्रभावित १७ लाख इथियोपियालीलाई सहयोग गर्न आह्वान गरिएको छ ।

इथियोपियामा गएको ४० वर्षयताकै सबैभन्दा खराब खडेरी परेको पाइएको छ । यसबाट धेरैभन्दा धेरै नागरिकले अत्यावश्यक वस्तुको अभाव झेलिरहेका छन् ।महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले त्यहाँको खडेरी इतिहासकै सबैभन्दा खराब प्रकृतिको रहेको भन्दै यसबाट लाखौँ मानिस विस्थापित भएका बताएका छन् ।

उनले यो खडेरीका कारण करिब ३५ लाख पशु चौपायासमेत मरेका जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयातासम्बन्धी एजेन्सीलाई उद्धृत गर्दै उनले जनाएअनुसार खडेरी पीडितमध्ये अधिकांशले खाद्यान्नको अभाव झेल्नुपरेको छ ।साथै इथियोपियाका बालबालिका तथा महिलाले आवश्यक पोषणको अभावमा विभिन्न प्रकृतिका रोगबाट झेल्नुपरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले इथियोपियामा एकातर्फ खडेरीले मानिसमा असर गरेको र अर्कातर्फ बाढीका कारण पनि धेरै नागरिकको ज्यान गएको र विस्थापित हुनुपरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस