Nirvik Khabar

अमेरिका भन्छ– युक्रेन युद्धमा ८० हजार रुसी सैनिकको मृत्यु भएको हुनसक्छ

एजेन्सी-२४ फेब्रुअरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र ठूलो संख्यामा घाइते भएका हुनसक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ,’ रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने ।

यो अवधिमा रुसी सेनाले तीनदेखि चार सशस्त्र वाहनहरू पनि गुमाएको उनले बताए । युद्धको सुरुमा रुसीहरूले राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी गरेका छन् ।रुसले युक्रेनविरुद्धको हमला तीव्र पारिहेका बेला किभलाई पश्चिमा देशहरूले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस