Nirvik Khabar

पोल्याण्डबाट बोसनिया जाँदै गरेको बस दुर्घटना, १२ जनाको मृत्यु

निर्भीक खबर
निर्भीक खबर

क्रोएसियामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। शनिवार भएको दुर्घटनामा ३२ जना घाइते भएको र १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

सेन्ट जोसेप क्याथोलिक ग्रुपको ‘ब्रदर्रहुड’ समूहले आयोजना गरेको धार्मिक यात्रामा तीनजना पादरी र ६ जना ननहरु पनि थिए। उनीहरु बोसनियामा रहेको क्याथोलिक पवित्रस्थल मेजुगोर्जे जाँदै थिए। बसमा यात्रा गर्ने सबैजना पोल्याण्डमा नागरिक थिए।

शुक्रवार राति पोल्याण्डको चेकतोचोवाबाट बस निस्किएको थियो। चेग्रेब शहरमा पुगेपछि बस दुर्घटना भएको हो। दुर्घटनाको कारण सार्वजनिक भएको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available