Nirvik Khabar

बन्द उद्योग खोलेर उत्पादन विदेश निर्यात गर्ने सरकारको तयारी – मन्त्री बडू

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार बन्द उद्योग संचालन गरेर उत्पादनलाई विदेश निर्यात गर्ने तयारीमा रहेको बताएका छन् । शनिबार दार्चुलामा खाद्य कार्यालयको उद्घाटन गर्दै मन्त्री बडूले बन्द अवस्थामा रहेका उद्योगहरुलाई निजी क्षेत्रसँग समन्वय, सहकार्य गरी संचालनमा ल्याइ निर्यातको नीतिमा अगाडी बढेको बताएका हुन् ।

मन्त्री बडूले नेपालबाट हाल छड, सिमेन्ट र विद्युत अन्य देशहरुमा निर्यात भइरहेको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गरी उत्पादन बढाउन सरकार तयार रहेको बताए ।

दार्चुलाका साविक पाँच स्थानमा डिपो र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपो स्थापना गरिएको उनले बताए ।

२०५० देखि २०६२ सालसम्म सञ्चालनमा रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउनु सुखद् शुरुआत भएको बताउँदै मन्त्री बडूले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभइ यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

दार्चुलामा १६ वर्षपछि बन्द रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय पुनःस्थापना गरिएको छ । २०६२ सालसम्म संचालनमा रहेको खाद्य शाखा कार्यालय १६ वर्षअघि हटाइएको थियो ।

सरकारी स्वामित्तको कम्पनीले दार्चुला सदरमुकाम खलंगामा शाखासहित जिल्लाका अन्य स्थानमा ७ डिपो संचालनमा ल्याउने जनाएको छ । जिल्ला सदरमुकाममा शाखा खुलिसकेको छ भने अपी हिमाल गाउँपालिकाको घुसा र सितोला, व्याँस गाउँपालिकाको तिंकर र राप्ला, लेकम गाउँपालिकाको कुणी र नौगाड गाउँपालिकाको नागुमा डिपो संचालनमा ल्याइनेछ ।

खाद्य शाखा तथा डिपोहरुमा गुणस्तर मापन दुई प्रकारका चामल उपलब्ध हुनेछन् । सदरमुकाम खलंगामा मोटो चामल ४५ रुपैयाँ प्रतिकिलो र जिरा मसिनो चामल ६६ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराइने जनाइएको छ । जिल्लाका आधा दर्जन जति क्षेत्रमा खोलिएका र खुल्ने प्रक्रियामा रहेका डिपोहरुबाट सहुलियत दरमा खाद्यान्न बिक्री वितरण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस