Nirvik Khabar

कोरोनाका छ सय साठी संक्रमित थपिए, एकको मृत्यु, आईसीयूमा रहनेको संख्या बढ्दो

काठमाडौं । कोरोना भाइरसका ६६० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९४२ पीसीआर परीक्षणबाट ३२६ तथा २,७४० एन्टिजेन परीक्षणबाट ३३४ संक्रमित थपिएका हुन् ।

जम्मा ४४४ जना संक्रमणमुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको छ ।पछिल्लो २४ घण्टामा २० हजार ६६६ जनाले मात्र कोरोनाको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ ।

आईसीयूमा रहेर उपचार गर्ने संक्रमितको संख्या बढ्दै गएको छ । हाल ४६ संक्रमित आईसीयूमा छन् । त्यस्तै दुई जना भेन्टिलेटरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस