Nirvik Khabar

हिन्दू किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौँ- १६ वर्षीया हिन्दू किशोरीको अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको भन्दै पाकिस्तानमा हिन्दू धर्मावलम्बीहरुले विरोध प्रदर्शन गरेका छन् ।पाकिस्तानको सिन्ध प्रान्तमा अपहरित हिन्दु किशोरीको धर्म परिवर्तन गरी जबरजस्ती विवाह गराइएको भन्दै प्रदर्शनको आयोजना गरिएको हो । सिन्ध प्रान्तको नबाबशाहमा प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै किशोरीको खोजीका निम्ति आग्रह गरेका थिए । स्थानीय प्रहरीले भने किशोरीको अपहरण नभएको भन्दै उनले भागेर कराँचीको अदालतमा विवाह गरेको बताएको छ ।हिन्दू पञ्चायतका उपाध्यक्ष लाजपत राईले प्रहरीको दाबी अस्वीकार गर्दै हिन्दू समुदायको प्रतिनिधिमण्डलले प्रहरी अधिकारीलाई भेटेको बताएका छन् । यद्यपि उनले प्रहरी प्रशासनबाट आफूहरूलाई सहयोग नभएको बताएका छन् ।

पाकिस्तानमा महिला, अल्पसङ्ख्यक, बालबालिका र सञ्चारकर्मीहरू माथि विभिन्न दमन र अधिकार उल्लङ्घनका घटनाहरू बढेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस