Nirvik Khabar

क्यानडा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं –क्यानडा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरमा–६ मा बस्ने ४७ वर्षीय छिरिङ डोमा शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

शेर्पाले रत्न बहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा जान १४ लाख लाग्ने र क्यानडा पुगेपछि २ लाख बढी तलब दिने प्रतिष्ठित कम्पनीमा काममा लगाइने भन्दै ७ लाख लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शेर्पालाई शुक्रबार गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलबाट पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभागमा पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस