गैडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३२ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरेर सहकारीले बार्षिकोत्सवका कार्यक्रमबारे जानकारी दिएको हो ।
संस्था स्थापना भएको दिन भदौं ५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जसअन्तर्गत साउन २१ गते शनिवार गैडाकोट–८ को खेलमैदानमा कर्मचारीहरुविच चम्चा दौड प्रतियोगिता र मोटरसाईकल स्लो रेस प्रतियोगिता आयोजना गरिएको छ । सोही दिन विहान ११ बजे विजय सामुदायीक शिक्षा सदनमा नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।
यस्तै साउन ३० र ३१ गते विद्यार्थीहरु विच हाजिरिजवाफ प्रतियोगिता, भदौं एक गते गैडाकोट, कावासोती र टाँडीमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभयो । दुई गते देवघाट र मध्यविन्दु अस्पतालमा बृद्ध तथा विरामीलाई खाना तथा फलफुल वितरण कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
तीन गते गैडाकोटदेखि चितवन पर्सासम्म प्रभातफेरी (मोटरसाइकल र्याली) ,चार गते हर्कपुर र कावासोतीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भदौ पाँच गते बार्षिकोत्सब समापन समारोह संगै म्यूजिकल चियर, बर्णमाल विमोचन, पुरस्कार वितरण र दिप प्र्रज्वलन कार्याक्रम आयोजना गरिएको छ । बार्षिकोत्सवका अधिकांस कार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको सहभागीता हुने संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
२०४८ साल भदौं ५ गते विजय विकास स्रोत केन्द्र (तत्कालिन विजय युवा क्लब) को सक्रियतामा २६ जना सदस्यहरु मिलेर संस्था स्थापना गरिएको थियो । हालसम्म आइपुग्दा विकू देशकैै उत्कृष्ट सहकारीको रुपमा स्थापित भइसकेको छ । चितवन र नवलपरासीमा २३ वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको विकू सहकारीका १ लाख १० हजार सदस्य छन् ।
Discussion about this post