Nirvik Khabar

हेटौंडामा देशभरका १६ सय बढी प्रेस युनियनका पत्रकार भेला, दुई खेमाबीच चुनावी भिडन्त

हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन यहीँ साउन ६ र ७ गते हेटौंडामा हुँदैछ । ०७१ भदौमा ८ औं महाधिवेशन भएपछि ८ वर्षपछि हुन गइरहेको युनियनको अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनका लागि देशभरबाट १६ सय बढी केन्द्रीय पार्षद् आफ्ना नेतालाई जिताउन हेटौंडा आउने छन् ।

त्यस्तै हालको केन्द्रीय समिति अतिथिलगायत गरी १८ सय पत्रकार र अन्य गरी २ हजार जना हेटौंडामा उपस्थित हुने प्रेस युनियनले जनाएको छ । युनियनको अधिवेशन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

करिब दुई हजार जना अतिथिलाई हेटौंडामा राख्नको लागि प्रेस युनियन आयोजक समितिले हेटौंडाका होटल सबै बुक गरेको छ । हेटौंडामा रहेका अधिकांश होटल, मकवानपुर गढी, अमलेखगन्ज र सौराहाका होटलसमेत बुक गरिएको आवास व्यवस्थापन समिति संयोजक रुपेश दुलालले बताएका छन् ।

७७ वटै जिल्लाका प्रतिनिधि हेटौंडा आउने क्रम जारी छ । अधिवेशनका लागि युनियन भित्रै दुई समूहबीच प्रतिष्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट अध्यक्षको लागि अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलालको उम्मेदवारी पक्का भएको छ ।

त्यस्तै इतरबाट अध्यक्षमा शिव लम्साल, महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्ष खुलातर्फ राममणि दाहाल र नकुल अर्याल तथा उपाध्यक्ष महिलातर्फ सलोजा दाहालको उम्मेदवारी टुंगो लागेको छ । अन्यको उम्मेदवारी टुंगो लगाउन अहिले हेटौंडामा नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस