Nirvik Khabar

प्रचण्ड गर्मीका कारण बेलायतमा बुधबार पनि रेलसेवा अवरूद्ध

काठमाडौँ- तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बेलायतमा बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ ।युरोपेली देशमा मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि रहेको जनाइएको छ । यद्यपि केही बेर वर्षा भएपछि भने गर्मीबाट केही राहत मिलेको बताइएको छ ।

प्रचण्ड गर्मीबाट हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी बेलायती अग्नि नियन्त्रकहरू उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका बेलायती यञ्चारमाध्यमले जनाएका छन् ।गर्मीका कारण लण्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना बिग्रँदा रेलका कर्मचारी भने मर्मतसम्भारमा व्यस्त रहनुपरेको छ ।

यसबाहेक गर्मीका कारण लण्डनका ४१ वटा सम्पदा आगलागीबाट ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस