Nirvik Khabar

भरतपुरमा रोजगार मेलाः एकैदिन १३ सय बढिले दिए रोजगारीका लागि आवेदन

चितवन,असार २२-

चितवनमा आज (बुधबार) देखि सुरु भएको रोजगार मेलामा एकै दिन १३ सय १३ जनाले रोजगारीका लागि आवेदन दिएका छन् । करिब ५ हजार सहभागी मध्ये उनिहरुले विभिन्न क्षेत्रमा रोजगारीका लागि आवेदन दिएका हुन् । फारम भरेका मध्ये ३ सय जनाले सम्बन्धित रोजगार दातासंग परामर्श गरी प्रक्रिया अघि बढेको आयोजकले जनाएका छन् । आवेदक मध्ये ७ जनाको रोजगारीको सम्झौता प्रक्रिया अघि बढेको समेत जनाइएको छ ।

मेलामा सहभागि रोजगार दाताहरुबाट विभिन्न क्षेत्र गरी ३६७८ जना जनशक्तिको माग भएको छ । मेलाको दोस्रो दिन भोलि (विहिबार) रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहभागी हुन आयोजकले अपिल गरेको छ । मेला भरतपुरको चितवन प्रदशनी केन्द्रमा संचालन भइरहेको छ ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस