Nirvik Khabar

सूचना विभाग अब पूर्ण रुपमा डिजिटल, सबै काम अनलाइनबाटै हुने

काठमाडौं । सूचना तथा प्रसारण विभागको सम्पूर्ण काम अब अनलाइन माध्यमबाट नै हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने सेवाहरूको अनलाइन प्रणाली उद्घाटन गर्दै अब सूचना विभाग पूर्ण रुपमा डिजिटल भएको घोषणा गरेका हुन् ।

मन्त्री कार्कीले विभागले प्रदान गर्ने सेवाहरूको लागि आवश्यक बीआरएलएमएस, डीएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् ।

यी प्रणाली लागू भएसँगै अब सेवाग्राहीले विभागबाट उपलब्ध हुने सेवाहरू जस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण, अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना व्यवस्थापन र वितरण लगायतका अन्य सम्पूर्ण कामहरू अनलाइनबाट नै पाउन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस