Nirvik Khabar

दुबईको ‘सुपर जनरल’ ब्राण्ड चितवनमा

निर्भीक खबर
निर्भीक खबर

चितवन । भरतपुर महानगरपालिका १ लीलाचोकमा दुबईको इलेक्ट्रोनिक्स सामानको ब्राण्ड ‘सुपर जनरल’ चितवन भित्रिएको छ । बागमती र गण्डकी प्रदेशको लागि नारायणगढमा वितरक रहनेगरी सुपर जनरलका सामान चितवन ल्याइएको हो । सुपर जनरलका इलेक्ट्रोनिक्स सामान गोल्छा अर्गनाइजेशनले नेपालमा आयात गर्ने गर्छ । भरतपुर १ लिलाचोकस्थित अल्फा इलेक्ट्रोनिक्सले सुपर जनरलका सामग्री वितरण गर्ने छ ।

बागमती र गण्डकीमा सुपर जनरलका सामग्री विक्री गर्ने १२ वटा डिलर खोलिएको वितरक अल्फा इलेक्ट्रोनिक्सका सञ्चालक गौरव घिमिरे विकेले बताए । चार जना युवा मिलेर अल्फा इलेक्ट्रोनिक्स आजदेखि सञ्चालनमा ल्याएका छन् । यहाँ टिभी, फ्रिज, वासिङमेशिनलगायत घरमा प्रयोग हुने सुपर जनरलका ३५० भन्दा बढी प्रकारका इलेक्ट्रोनिक्स सामग्री उपलब्ध रहेको उनले बताए ।

विक्री भएको सामग्री बिग्रिएमा २४ घण्टाभित्र मर्मत गरिदिने उनको भनाइ छ । उक्त अवधिभित्र मर्मत हुन नसकेको अवस्थामा कम्पनीले बिग्रिएको सामग्री ल्याएर नयाँ सामग्री दिने उनको दाबी छ ।

यस हप्ता इलेक्ट्रोनिक्स सामग्री विक्री गर्दा पाँचदेखि १० प्रतिशतसम्म छुट दिइने उनले जानकारी दिए । उद्घाटन कार्यक्रममा दुबईको बाठा ग्रुपका क्षेत्रीय निर्देशक मोहमद मशी अहमद, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, गोल्छा अर्गनाइजेशनको निर्देशक देव आशिष गोल्छालगायत सहभागी थिए ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available