Nirvik Khabar

निर्वाचन आयोगमा रवि लामिछानेले दिए दल दर्ताको निवेदन

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् ।

निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस