Nirvik Khabar

ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी, घरायसी प्रयोजनमा सहुलियत

People wait with their empty domestic gas cylinders outside a delivery centre to collect refilled cylinders during a government-imposed nationwide lockdown as a preventive measure against the COVID-19 coronavirus, in Howrah on the outskirts of Kolkata on March 28, 2020. (Photo by Dibyangshu SARKAR / AFP)

काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने तयारी सरकारको तयारी छ ।

नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ ।नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रंग फेर्ने तयारी भएको बताए ।

‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि तत्काल नेपालमा भने मूल्य बढाउने तयारी नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस