Skip to main content

Nirvik Khabar

विमानस्थलबाट सुनको लौरो भित्रिएको रेकर्ड भेटिएन – भन्सार कार्यालय

Advertisements
Single Page Long - 2

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुनको लौरो भित्रिएको रेकर्ड नभेटिएको बताएको छ । कार्यालयका प्रमुख महेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट सुनको लौरो भित्रिएको रेकर्ड नभेटिएको बताए ।

उनले भन्सार कार्यालयबाट सुनको लौरो भित्रिएको भए रेकर्ड कार्यालयमा रेकर्ड हुने बताउँदै भने, ‘यहाँबाट त्यस्तो कुनै सामानको भन्सार तिरेको पाइएन ।’ यसको अर्थ दुबईका राजकुमारले नेपाल आउँदा विदेशबाट सुनको लौरो ल्याएका थिएनन् ।

यद्यपी, उनले झापा पुगेर दिएको मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएको बताइएको थियो । उक्त समाचार बाहिरिएपछि भन्सार कार्यालयले आफ्नो मातहतको निकायबाट सुनको लौरो जाँचपास भए÷नभएको अध्ययन गरेको थियो । अध्ययनका क्रममा त्यस्तो वस्तु भित्रिएको रेकर्ड नपाइएको कार्यालयले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस