Nirvik Khabar

चार जना मृत अवस्थामा फेला

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं- भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् ।भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका-२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । नुवाकोटको ककनी गाउँपालिका(१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available