Nirvik Khabar

भरतपुर १६ का चापागाँई पाँच दिनदेखि वेपत्ता

चितवन । चितवनको भरतपुर महानगरपालिका १६ का २५ बर्षिय युवा दिवस चापागाई पाँच दिनदेखि वेपत्ता भएका छन् । आइतबार विहान ११ बजे घरबाट निस्किएका दिवस पाँच दिनसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । चितवन शिक्षा सदन इङलिस स्कूलमा अध्यापन गराउँदै आएका दिवस केही समयदेखि घरमै आराम गरिरहेका थिए ।

उनलाई अन्तिम समय भरतपुरको ज्ञानेश्वर सामुदायीक वन क्षेत्रमा देखिएको स्थानियले बताएको दिवसका अंकल झलनाथ चापागाईले बताउनुभयो । आफन्तले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा समेत निवेदन दिएका छन् । दिवसलाई भेट्नुहुने वा देख्नुहुनेले ९८४५३७२३६५,९८५५०५१५१८,९८४५५९६१७२ नम्वरमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस