Skip to main content

Nirvik Khabar

निजी क्षेत्रलाई ढुक्क भएर नेपालमा लगानी गर्न सांसद गजुरेलको अनुरोध

Advertisements
Single Page Long - 2

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले ढुक्क भएर नेपालमा लगानी गर्न निजी क्षेत्रलाई अनुरोध गरेका छन् । ‘यो सम्मानीत सदनमा सम्माननीय सभामुख मार्फत निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अनुरोध गर्दछु,’ उनले संसद् बैठकमा भनेका छन्, ‘लगानी बोर्ड छ, उद्योग विभाग छ । सहजीकरण गर्नका लागि समस्या भए हामीलाई खबर गर्न सक्नु हुन्छ ।’

सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको उदेश्य लिएको छ । यसका लागि राज्यको मात्र लगानीले नपुग्ने गजुरेल बताउँछन् ।आर्थिक वृद्धिको लक्ष्य भेटाउन निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै उनले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सम्बन्धित कानुन लगायत अन्य नीतिगत सुधार गरेको बताए ।

तथापि, बैंकमा पैसा रहेको तर व्यवसयीले कर्जा लिन नचाहिरहेको अवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘व्यवसायीमा जोखीम लिने आत्माविश्वास घटेको अनुभव गर्न सकिन्छ । त्यसलाई बुस्ट गर्न सरकारले थप सोच्नु पर्‍यो ।’यस सन्दर्भमा सरकारले तीनवटा काम तत्काल गर्नुपर्ने उनको आग्रह छ ।नीतिगत स्थिरता, लगानीको सुरक्षा र कर्जालाई उत्पादनसँग जोड्ने नीति लिन सरकारलाई उनको आग्रह छ । उनी भन्छन्, ‘यसले निजी क्षेत्रलाई उद्योग,पर्यटन, ऊर्जा, कृषि, प्रविधि,खानी क्षेत्रमा लगानी गर्न प्रोत्साहन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस