चितवन, साउन २७ –
स्पन्दन नेपाल, भरतपुर–१० चितवनको आयोजनामा ‘मानसिक एवं शारीरिक स्वास्थ्य, सशक्त जीवन’ विषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिबार बिहान भरतपुरस्थित सीएमटी होटल, हाकिमचोकमा आयोजित कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा मानसिक तथा शारीरिक स्वास्थ्यको महत्व, स्वस्थ जीवनशैली, तनाव व्यवस्थापन, नियमित व्यायाम तथा सन्तुलित आहारको आवश्यकताबारे जानकारी प्रदान गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले मानसिक र शारीरिक स्वास्थ्यलाई सन्तुलित राख्न सके मात्रै व्यक्तिको जीवन, परिवार र समाज सकारात्मक दिशातर्फ अघि बढ्ने उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति जागरण फैलाउन महत्वपूर्ण भूमिका खेलेको प्रति आयोजकलाई धन्यवाद दिए ।
स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालका अनुसार समाजमा मानसिक तथा शारीरिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने छ ।
कार्यक्रममा २०० भन्दा बढी महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षकमा रुपमा मनोसामाजिक परामर्शदाता सावित्री भट्टराई र सिनियर हेल्थ पर्सन सरस्वती तिमिल्सिना रहेकी थिइन् ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा भरतपुर वडा नम्बर ७ की जनप्रतिनिधि अमृता गौतम, भरतपुर वडा नम्बर १० की जनप्रतिनिधि पार्वती नेपाली, भरतपुर वडा नम्बर १० महिला समुहकी अध्यक्ष अम्बिका सापकोटाको उपस्थिति रहेको थियो । उनीहरुले कार्यक्रमलाई संवोधन गर्दै आयोजकको प्रसंशा गरेका थिए ।
कार्यक्रमलाई स्पन्द नेपालकी सचिव विमला दाहालले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष सावित्री पौडेलले राखेकी थिइन् ।
परोपकारको क्षेत्रमा काम गर्ने उद्देश्यले १० वर्ष अगाडि खुलेको स्पन्द नेपालले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, उद्यमशिलता लगायतका क्षेत्रमा गर्दै आइरहेको छ । यस संस्थामा २१ जना सदस्य रहेका छन् । सबै महिला मात्र हुन् ।

































Discussion about this post