Nirvik Khabar

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

Advertisements
Single Page Long - 2

हिजो तोलामा १८ सय रुपैयाँ बढेको सुनको भाउ आज एकसय रुपैयाँ घटेको छ। मूल्य घटेर सुनको भाउ आज तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो तोलाको २ लाख ९३ हजार ८०० थियो।

आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस