हिजो घटेको सुनचाँदीकै मूल्य आज बढेको छ। हिजो तोलामा ३३ सय घटेको सुनको भाउ आज तोलामा १८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ थियो। गएको सोमबार सुनको भाउ तोलामा ८ सय र मंगलबार ५ सय रुपैयाँ बढेको थियो।
आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ९० रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

































Discussion about this post