Nirvik Khabar

प्रधानमन्त्री बालेन संसद्‍मा उपस्थित नभएकोमा कांग्रेस सांसदको प्रश्न- उहाँ संसद्‍भन्दा माथि हो?

Advertisements
Single Page Long - 2

कांग्रेस सांसद निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को गरिमा घटाएको आरोप लगाएका छन्।  आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतकसमेत रहेका  राईले सदनमा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाएका हुन्।उनले प्रधानमन्त्रीलाई संसद्‍मा उपस्थितिको लागि रुलिङ गर्न पनि सभामुखलाई आग्रह गरे।

‘प्रधानमन्त्रीको आज पनि संसद्‍मा उपस्थित हुनु भएको छैन,’ राईले भने, ‘उहाँको स्वास्थ्य अवस्थाको विषयमा पनि संसद्‍मा प्रश्न उठेका छन्। संसद्‍मा प्रधानमन्त्री उपस्थित नहुँदा सभाको गरिमा बढ्दैन।’ उनले प्रधानमन्त्री बालेन संसद्‍भन्दा माथि हो भनेर पनि प्रश्न गरेका छन्। प्रधानमन्त्रीले असंवैधानिक र अराजनीतिक हर्कत गरेको आरोप पनि उनले लगाएका छन्।

उनले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागी नहुनु गम्भीर विषय भएको बताए। आजको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने भनेर संसद् सचिवालयले सूचित गरेको भए पनि बालेन उपस्थित भएका छैनन। सांसदका प्रश्नको जबाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनेगरी कार्यसूची संशोधन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस