Nirvik Khabar

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

Advertisements
Single Page Long - 2

 नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन्।सरकारले संविधान संशोधनको गृहकार्य गरिरहँदा नेता बास्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्र र पालिका राखेर बाँकी संरचना हटाउन उपयुक्त हुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।’यस्तै, उनले राष्ट्रिय सभा १०५ सिटको बनाइ महिला तथा पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व गराउन र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने सुझाव दिएका छन् ।

उनले प्रतिनिधि सभाको समानुपातिक सिट खारेज गरेर प्रत्यक्षमा महिला पुरुष ४०–६० प्रतिशत अनिवार्य बनाउनु पर्ने बताएका छन् ।उनले भनेका छन्– ‘राष्ट्रियसभा १०५ सिट, पूरै समावेसी महिला पुरुष ५०–५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् । प्रतिनिधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष ४०–६० प्रतिशत प्रत्यक्ष । जिसस पर्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस