राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले ऐतिहासिक जनमतलाई सबैले न्याय गर्ने जिम्मेवारी बोध गर्नुपर्ने बताएका छन्। मंगलबार रास्वपाका नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.वाग्लेले अब फरक ढंगले अघि बढ्नुपर्ने बताए। यसअघि आमनागरिकका रुपमा जेजस्तो कामकाज गरेको भए पनि अब एकदमै फरक चाल, चरित्र र संस्कारबाट अगाडि जानुपर्नेमा उनले जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले भने, ‘फागुन २१ को निर्वाचन ऐतिहासिक रह्यो भनेर त सबैले भनिरहेकै छौँ। त्यो ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारीबोद्ध हामी सबैमा हुनुपर्दछ।’
उनले रास्वपाले पाएको जनमतलाई २०१५ सालमा बीपी कोइराला नेतृत्वमा नेपाली कांग्रेसले पाएको जनमतसँग तुलना गरेका थिए। २०१५ सालभन्दा पनि अहिले रास्वपालाई आएको जनमत दुई कदम अगाडि भएको जिकिर गर्दै उनले भने, ‘यसलाई सम्हालेर, जोगाएर, यो आसा, भरोसालाई न्याय गर्ने ऐतिहासिक जिम्मेवारीबोध हामी सबैमा हुनुपर्छ।’


































Discussion about this post