Nirvik Khabar

जनमतका अध्यक्ष सीके राउतले छाडे संसदीय राजनीति, पार्टी नेतृत्व भने नछाड्ने

Advertisements
Single Page Long - 2

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको  घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत् संसदीय राजनीतिबाट सन्यासको घोषणा गर्दै उनले संघर्षको राजनीति भने जारी राख्ने बताएका छन्। राउत फागुन २१ गते भएको निर्वाचनमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए। तर, निर्वाचनमा उनी विजयी बन्न सकेनन्।

सप्तरी २ रास्वपाका रामजी यादव २८ हजार ४०४ मत ल्याउँदै विजयी हुँदा उनी निकटतम प्रतिस्पर्धीसमेत बन्न सकेका थिएनन्।रास्वपाका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याउँदा राउतले ९ हजार ८८० मत मात्रै पाएका थिए। ०७९ को निर्वाचनमा जनमतले संघीय संसद्‍मा ६ सिट जितेको थियो। तर, यसपटको निर्वाचनमा राउत मात्रै पराजित भएका होइनन्, जनमतका कुनै पनि उम्मेदवार चुनावमा विजयी हुन सकेनन्।

जनमतले समानुपातिक प्रणालीतर्फ राष्ट्रिय पार्टी बन्नका लागि प्राप्त गर्नुपर्ने ३ प्रतिशत मत पनि कटाउन सकेन। निर्वाचन परिणाम आफू अनुकूल नआएपछि राउतले संसदीय राजनीतिबाट सन्यास लिने तर, संघर्षको राजनीति जारी राख्ने उद्घोष गरेका छन्। पार्टीलाई आवश्यकता रहेसम्म नेत्तृत्व भने नछाड्ने उनको भनाइ छ।‘दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर दुई पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस