Nirvik Khabar

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरण: सर्वोच्चले तोक्यो पहिलो नम्बरमा पेसी

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोग फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइ गर्न सर्वोच्च अदालतले आज (बुधबार) का लागि पहिलो नम्बरमा पेसी तोकेको छ। सर्वोच्चका अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको हो।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगपत्र फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गरी सर्वोच्च रिट दर्ता गरिएको हो।उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगपत्र फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयसँगै रवि लामिछानेविरुद्ध सहकारी ठगीको मात्रै मुद्दा बाँकी बसेको छ।

२०८१ असोज १८ गते कास्की जिल्ला अदालतमा रविविरुद्ध सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो। तर महान्यायाधिवक्ताले त्यो मुद्दा फिर्ता लिने निर्णय गरेपछि रवि सांसद तथा मन्त्रीसमेत बन्न पाउने बाटो खुलेको हो।नत्र सम्पत्ति शुद्धीकरण मुद्दाकै कारण यसअघि उनलाई सांसद पदबाट निलम्बन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस