Nirvik Khabar

रविले बुझाए चुनावमा ९ लाख ८९ हजार खर्च भएको विवरण

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित उम्मेदवार रवि लामिछानेले आफ्नो निर्वाचन खर्च पेश गरेका छन् । मंगलबार चितवन निर्वाचन आयोगको कार्यालयमा पेश गरेको उनको निर्वाचन खर्च नौ लाख ८९ हजार नौ सय ८६ रुपैयाँ रहेको छ ।

उनले खर्चको शीर्षकसहित पेश गरेका छन् । जसमा मनोनयन दर्ताको लागि १० हजार,नमुना मतपत्र सामाग्री छपाईको लागि ६८ हजार एक सय ६१, यातायात तथा इन्धन खर्च दुई लाख ९५ हजार । जसमा उनले दुई वटा गाडी १५ दिन चलाएको उल्लेख गरेका छन् ।

त्यस्तै मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार दुई सय रुपैयाँ भएको उल्लेख गरेका छन् । वडा स्तरीय प्रचारको लागि ४६ हजार,झण्डा र ब्याच खरिदका लागि एक लाख १२ हजार रुपैयाँ,व्यानर र स्टीकरका लागि  ५५ हजार, खाद्यान्न र रासनका लागि एक लाख ९६ हजार, हवाई खर्च तीनपटकको  १६ हजार ६ सय २६ र भेला गोष्ठीको लागि एक लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस