Nirvik Khabar

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन अदालतको आदेश

Advertisements
Single Page Long - 2

सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।प्रसाईंको गिरफ्तारीविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका प्रसाईंलाई आइतबार (फागुन १७ गते) प्रहरीले भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन थुनामा राख्न अनुमति दिएको थियो।फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते छ। प्रसाईंलाई फागुन २२ गतेसम्म हिरासतमा राख्ने प्रशासनको तयारी छ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईंले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्।

राजावादी अभियन्ता प्रसाईँ यसअघि पटकपटक पक्राउ र रिहा हुँदै आएका थिए। पछिल्लोपटक उनी यही फागुन ४ गते पक्राउ परेर सर्वोच्चको आदेशमा १३ गते रिहा भएका थिए। प्रसाईँलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका थिए।

विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग सरकारले पटकपटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस