चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १२ करोड रूपैयाँको आँकडा पार गरेको छ।माघ १६ गतेदेखि रिलिज भएको फिल्मले एक महिनामा सिनेपाः बक्सअफिसमा १२ करोड २३ लाख ३८ हजार ८२९ रूपैयाँ ग्रस कलेक्सन गरेको हो।उक्त कमाइ हुँदा फिल्मको ४ लाख ६१ हजार ५७२ वटा टिकट बिक्री भएका छन्। यो विवरण फागुन १६ गते शनिबारसम्मको हो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबारसम्मको बक्स अफिस विवरणअनुसार ‘आ बाट आमा’ यस वर्ष धेरै कमाउनेमा तेस्रो नम्बरमा छ। पहिलो नम्बरमा फिल्म ‘परान’ छ। यसले नेपालमा १७ करोड ८४ लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।दोस्रो नम्बरमा अनमोल केसी फिल्म ‘जेरी अनटप’ छ। यसको कमाइ १२ करोड २६ लाख ६ हजार छ। दुबैको कमाइमा २ लाख ६७ हजार १७१ को अन्तर छ। केही दिनमै ‘आ बाट आमा’ ले ‘जेरी अनटप’ को कमाइलाई उछिन्ने देखिन्छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ। यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली, रचना गौतम लगायतको अभिनय छ।

































Discussion about this post