Nirvik Khabar

आज मध्यरातदेखि मौन अवधि

Advertisements
Single Page Long - 2

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि ‘मौन अवधि’ शुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि शुरु हुने यो अवधि मतदान सम्पन्न नहुँदासम्म लागू रहनेछ। मौन अवधि शुरु भएपछि निर्वाचन प्रचारप्रसारका सबै कार्यक्रमहरू पूर्ण रूपमा बन्द गर्नुपर्नेछ।

निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि नै यो नियम लागू हुने स्पष्ट पारेको छ। यस अवधिमा राजनीतिक दल वा उम्मेदवारले कुनै पनि सभा, सम्मेलन, छलफल, अन्तर्क्रिया, कार्यशाला वा गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्न पाउने छैनन्। साथै, मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका सबै प्रचार सामग्रीहरू समेत हटाउनुपर्ने व्यवस्था गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको गम्भीरतालाई ध्यान दिँदै आचारसंहिता उल्लंघन भएमा कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले यस अवधिमा कसैले नियम मिचेर प्रचारप्रसार गरेमा वा मत मागेमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने बताएका छन्। आयोगले सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यमबाट मत माग्न निषेध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस