Nirvik Khabar

बालेन, ओली, गगन र प्रचण्डसहितका नेताले आफैँलाई भोट हाल्न पाउँदैनन्

Advertisements
Single Page Long - 2

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता नामावली भएको निर्वाचन क्षेत्र छाडेर अन्यत्र चुनाव लड्न गएपछि प्रमुख दलका शीर्ष नेतासहित दुई दर्जन उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने भएका छन् । यो निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गरिएका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापादेखि रास्वपाका वरिष्ठ नेता बालेन शाह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँलाई भोट हाल्न नपाउने भएका हुन

मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएकाले शीर्ष नेताहरू आफैलाई मतदानको अवसरबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेका हुन् ।भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका ओली,  थापा, शाह र प्रचण्ड बाहेकरास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो निर्वाचन क्षेत्रबाट मत दिन पाउने छैनन् । त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेताहरू प्रदीप पौडेल, नारायणकाजी श्रेष्ठ, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, एमाले सचिव भानुभक्त ढकाल, कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि आफैलाई भोट हाल्न पाउने छैनन् ।

एमाले अध्यक्ष ओली र बालेन झापा-५ बाट उम्मेदवार छन् । कांग्रेस सभापति थापा सर्लाही- ५ का उम्मेदवार हुन् । तीनै जना नेता भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका छन् । अवसर पाए आफू फेरि प्रधानमन्त्री बन्न सक्ने बताउँदै आएका पूर्व प्रधानमन्त्री प्रचण्ड समेत पटक रुकुम पूर्वबाट चुनाव लड्दैछन् । ओलीको मतदाता नामावली भक्तपुर- २ मा छ भने बालेनको मतदाता नामावली काठमाडौं- २ मा छ ।  त्यस्तै गगनको काठमाडौँ-४ र प्रचण्डको मतदाता नामावली चितवन ३ मा रहेको छ ।रास्वपा सभापति रवि लामिछानेले पनि आफूलाई भोट हाल्न पाउनेछैनन् । चितवन-२ का उम्मेदवार लामिछानेको नामावली भने काठमाडौं-३ मा छ ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत दिन नपाउने अवस्थामा छन् । सप्तरी ३ मा उम्मेदवार रहेका यादवको मतदाता नामावली मोरङ – मा छ ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्दा उनको मतदाता नामावली गोरखा-२ मा छ । कांग्रेस महामन्त्री समेत रहेका नेता प्रदीप पौडेलको नामावली तनहुँ-२ मा छ । पौडेल काठमाडौं-५ बाट उम्मेदवार छन् । त्यसबाहेक रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ-१ बाट उम्मेदवार छन् उनको मतदाता नामावली गोरखा-१ मा छ । त्यस्तै, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ-१ बाट उम्मेदवार बनेपनि उनको मतदाता नामावली ललितपुरमा रहेको छ । मोरङ-३ मा मतदाता नामावली रहेका एमाले सचिव भानुभक्त ढकालले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । उनी तेह्रथुमबाट उम्मेदवार बनेका छन् ।

यस्तै,  मोरङ-६ मा कांग्रेस उम्मेदवार रहेका नेता डा. शेखर कोइराला र मोरङ-२ मा उम्मेदवार रहेका मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय (डिना),धनुषा-३ मा एमालेबाट उम्मेदवार बनेकी जुली महतो,रुपन्देही-३ मा वासुदेव घिमिरे, रुपन्देही-४ मा उम्मेदवारी दिएका प्रमोद यादवले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । नवलपरासी- २ मा उम्मेदवार रहेका नेकपाका नेता  देवेन्द्र पौडेल, नेकपाबाटै कैलाली-५ मा उम्मेदवार बनेका प्रेम आले र मनाङबाट उम्मेदवार बनेकी यशोदा सुवेदी पनि यो पटक आफूलाई भोट दिन पाउने छैनन् ।नवलपरासी-१ मा उम्मेदवार बनेका कांग्रेसका विनोद चौधरी, तनहुँ-२ मा उम्मेदवारी दिएका शंकर भण्डारी,बाँके-३ बाट उम्मेदवार बनेका अम्मरसिंह पुनले पनि आफैलाई मत दिन नपाउने भएका छन् ।यस्तै,पुकार बम, निशा डाँगी,सोम शर्मा, खगेन्द्र सुनार, भक्तिप्रसाद सिटौला, धनराम जैसी, महावीर पुन, लालबहादुर घर्तीलगायतले पनि यो पटक आफैलाई भोट दिन नपाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस