Nirvik Khabar

क्रोएसियामा सन् २०२३ देखि युरो प्रचलनमा ल्याइने

क्रोएसियामा अर्को वर्ष सन् २०२३ देखि युरोपेली मुद्रा युरो प्रचलनमा ल्याइने भएको छ।युरो प्रचलनमा ल्याउनका लागि पूरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेकाले क्रोएसियामा युरो प्रयोगमा आउने निश्चित भएको हो।

युरोपेली आयोगले सन् २०२३ को जनवरी १ देखि क्रोएसियामा औपचारिक रूपमा युरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको जनाएको छ। युरोपका धेरै देशमा राष्ट्रिय मुद्राको रूपमा प्रयोग हुँदै आएको युरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्ने भएको छ।

यसपटक युरो प्रयोगमा ल्याउन स्वीकृति पाउनेमा क्रोएसिया एक्लै भएको छ। क्रोएसियासँगै प्रक्रिया सुरु गरेका अन्य देशले भने अहिले अनुमति पाएका छैनन्। युरो प्रचलनमा ल्याउन पाउनुपर्ने माग गर्दै प्रक्रिया सुरु गर्नेमा बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्वीडेन गरी ६ देश रहेका छन्। उनीहरूले धेरै मापदण्डहरू पूरा गर्न बाँकी रहेकाले युरो प्रचलनका लागि अहिले नै अनुमति दिन नसकिएको युरोपेली आयोगका अधिकारीले जनाएका छन्।

युरो प्रचलनमा ल्याउनका लागि निवेदन दिएका देशहरूले सुरु गरेको प्रक्रियाका बारेमा पेस गरिएको प्रतिवेदनमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले टिप्पणी गरेकी छिन्।

उनले भनेकी छिन्, “युरो ग्रहण गर्ने क्रोएसियाको प्रक्रिया सन्तोषजनक भएकाले क्रोएसिया अब युरो ग्रहण गर्नेतर्फ उन्मुख भएको छ, क्रोएसियालाई बधाई छ।” क्रोएसियाले युरो अवलम्बन गरेपछि क्रोएसियाको अर्थतन्त्र थप बलियो हुने, व्यवस्थित हुने र आम नागरिक तथा व्यवसायीलाई पनि फाइदा पुग्ने विश्वास उनले व्यक्त गरेकी छिन्। रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस