Nirvik Khabar

२०७४ को चुनाव सम्झँदै प्रचण्डले भने– वामपन्थी एकता आवश्यक छ

Advertisements
Single Page Long - 2

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकतामा जोड दिएका छन् ।भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमालेसँग आबद्ध व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । ‘आजको आवश्यकता भनेको वामपन्थी ध्रुवीकरणकै हो । वामपन्थी एकता आजको एकदमै महत्वपूर्ण आवश्यकता हो,’ उनले भने ।यसक्रममा प्रचण्डले २०७४ सालको निर्वाचन सम्झिए । त्यसबेला तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए ।

‘हामी २०७४ को निर्वाचनमा एक भएर निर्वाचन लड्यौं । पछि एउटै पार्टी पनि बनायौं । झण्डै दुई तिहाइ एक्लै एउटै पार्टीको भएको थियो । तर, नेतृत्व सही नहुँदा त्यत्रो शक्ति आर्जन गरेर जनताको त्यति ठूलो विश्वास जितेर पनि बचाउन सकिएन,’ उनले भने ।गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि अझ कम्युनिस्टहरूबीच एकता आवश्यक भएको भन्दै प्रचण्डले आफू एकता प्रक्रियामा रहेको बताए ।

‘अहिले जेनजीको आन्दोलन, भदौ २४ गतेको घटनाक्रमपछि फेरि कम्युनिस्टहरू लाई एकतावद्ध गर्ने आवश्यकता झन बढ्यो । नेपाली कम्युनिस्ट पार्टी बनाउने प्रक्रिया अगाडि बढ्यो,’ प्रचण्डले भने, ‘एमालेबाट ठूलो संख्यामा केन्द्रका नेताहरूदेखि विभिन्न प्रदेशका मन्त्री र सांसदहरू अहिले दिनदिनै जस्तो नेपाली कम्युनिस्ट पार्टीमा जोडिने प्रक्रिया अगाडि बढिराखेकै छ ।’

निर्वाचनको मुखमा सूर्यविनायक नगरपालिका वडा नंं. ८ का श्याम मचामसी, राम बाला र राजु लबजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी तथा क्रान्तिकारी शक्तिहरुको एकता अपरिहार्य भएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस