राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शनिबार) काठमाडौँमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गर्दै छ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा आज ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गर्न लागिएको रास्वपाले जनाएको छ।सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को उपस्थितिमा ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका कार्यक्रम गर्न लागिएको हो।
जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको रास्वपाले जनाएको छ। शनिबार बिहान साढे ६ बजेदेखि पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशाला पार्किङ क्षेत्रबाट कार्यक्रम सुरु भएको अभियान साँझ वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ।यसक्रममा चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती, सूर्यविनायक जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल, पुलचोकमा पुग्ने कार्यक्रम छ।
शनिबार दिउँसो १ बजे खाना खाएपछि कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोङ्गबु हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’ मा पुगेर कार्यक्रम समापन हुने रास्वपाले जनाएको छ।

































Discussion about this post