नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघारौँ केन्द्रीय महाधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा भव्य रूपमा सम्पन्न भएको छ।
पुस १९ गते उद्घाटन सत्र र २० गते निर्वाचन सम्पन्न भएको यस महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गरेको छ। महाधिवेशनबाट अध्यक्षमा सुदिन के.सी. चयन हुनुभएको छ। नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा गगनधर भट्टराई, उपाध्यक्ष खुल्लामा रजनीश फुलारा, महिला उपाध्यक्षमा लसता श्रेष्ठ, मधेसी उपाध्यक्षमा अमित भगत, महासचिवमा सञ्जीव कुमार भडेल लगायत पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन हुनुभएको छ। भने केन्द्रीय सदस्यतर्फ खुल्लामा प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेश कुमार खत्री र शैलेस रिजाल, प्रदेशगत सदस्यमा कोशीबाट मनोज चापागाईं, मधेशबाट बिट्टु गुप्ता, बागमतीबाट अनिलराज पाण्डे, गण्डकीबाट कृष्णप्रसाद सुवेदी, लुम्बिनीबाट प्रितम राना, कर्णालीबाट रमेश खड्का र सुदूरपश्चिमबाट चन्द्रबहादुर बोगटी, महिला आरक्षणतर्फ रमा पौडेल, कविता ज्ञवाली, जानकी कुमारी न्यौपाने र निलम शर्मा, मधेसी आरक्षणमा अजय प्रताप यादव र भवनाथ यादव, आदिवासी/जनजातितर्फ सुजन जोशी, अपाङ्गतर्फ विदुर दाहाल, दलिततर्फ नवल किशोर राम तथा पदेन सदस्य (युवा समिति अध्यक्ष) मा अंकित रावल चयन हुनुभएको छ ।
महाधिवेशनमा सातै प्रदेशबाट झण्डै ३ हजारभन्दा बढी प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो। संघमा हाल १ हजार ३ सयभन्दा बढी सदस्यहरू आबद्ध रहेको जानकारी दिइएको छ। केन्द्रीय सदस्यमा निर्वाचित निलम शर्माले महाधिवेशनमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो। शर्मा चितवनस्थित राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत हुनुहुन्छ। महाधिवेशनका क्रममा चितवनमा आएका अतिथिहरूको व्यवस्थापन, स्वागत तथा समन्वयको महत्वपूर्ण जिम्मेवारी उहाँले कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।
लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव सँगाल्दै आएकी निलम शर्मा संगठनप्रति समर्पित, जिम्मेवार र सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। महाधिवेशनलाई सफल बनाउन उहाँले खेलेको भूमिका सहभागीहरूले खुलेर प्रशंसा गरेका छन्। सातै प्रदेशको सहभागितासहित सम्पन्न यो महाधिवेशनले कर्मचारी हकहित, संगठन सुदृढीकरण र बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तनको नयाँ आशा जगाएको छ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघारौँ केन्द्रीय महाधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा भव्य रूपमा सम्पन्न भएको छ।
पुस १९ गते उद्घाटन सत्र र २० गते निर्वाचन सम्पन्न भएको यस महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गरेको छ।
महाधिवेशनबाट अध्यक्षमा सुदिन के.सी. चयन हुनुभएको छ। नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा गगनधर भट्टराई, उपाध्यक्ष खुल्लामा रजनीश फुलारा, महिला उपाध्यक्षमा लसता श्रेष्ठ, मधेसी उपाध्यक्षमा अमित भगत, महासचिवमा सञ्जीव कुमार भडेल लगायत पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन हुनुभएको छ। भने केन्द्रीय सदस्यतर्फ खुल्लामा प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेश कुमार खत्री र शैलेस रिजाल, प्रदेशगत सदस्यमा कोशीबाट मनोज चापागाईं, मधेशबाट बिट्टु गुप्ता, बागमतीबाट अनिलराज पाण्डे, गण्डकीबाट कृष्णप्रसाद सुवेदी, लुम्बिनीबाट प्रितम राना, कर्णालीबाट रमेश खड्का र सुदूरपश्चिमबाट चन्द्रबहादुर बोगटी, महिला आरक्षणतर्फ रमा पौडेल, कविता ज्ञवाली, जानकी कुमारी न्यौपाने र निलम शर्मा, मधेसी आरक्षणमा अजय प्रताप यादव र भवनाथ यादव, आदिवासी/जनजातितर्फ सुजन जोशी, अपाङ्गतर्फ विदुर दाहाल, दलिततर्फ नवल किशोर राम तथा पदेन सदस्य (युवा समिति अध्यक्ष) मा अंकित रावल चयन हुनुभएको छ ।
महाधिवेशनमा सातै प्रदेशबाट झण्डै ३ हजारभन्दा बढी प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो। संघमा हाल १ हजार ३ सयभन्दा बढी सदस्यहरू आबद्ध रहेको जानकारी दिइएको छ।
केन्द्रीय सदस्यमा निर्वाचित निलम शर्माले महाधिवेशनमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो। लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव सँगाल्दै आएकी निलम शर्मा संगठनप्रति समर्पित, जिम्मेवार र सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।
महाधिवेशनका क्रममा चितवनमा आएका अतिथिहरूको होटेल व्यवस्थापन, स्वागत तथा समन्वयको महत्वपूर्ण जिम्मेवारी निलम शर्मा संगै चितवनका प्रतिनिधि प्रसान्त गौडेल र विश्व बन्धु भण्डारीले कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाहरुले कार्यक्रमको सहजिकरणमा मुख्यभूमिका निर्वाह गर्नुभएको थियो। तिनै जना चितवनस्थित राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत हुनुहुन्छ।
महाधिवेशनलाई भब्य र सभ्य रुपमा सफल बनाउन उहाँहरुले खेलेको भूमिका सहभागीहरूले खुलेर प्रशंसा गरेका छन्।
सातै प्रदेशको सहभागितासहित सम्पन्न यो महाधिवेशनले कर्मचारी हकहित, संगठन सुदृढीकरण र बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तनको नयाँ आशा जगाएको छ।































Discussion about this post