Nirvik Khabar

हार्डवेयर व्यवसायी संघ चितवनद्वारा सिरीष पन्त र अस्मिता तिमिल्सिना रिजाललाई समर्थन

चितवन – निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सिरीष पन्त तथा वाणिज्यतर्फ सदस्य पदकी उम्मेदवार अस्मिता तिमिल्सिना रिजाललाई समर्थन जनाएको छ।

संघका अनुसार हार्डवेयर व्यवसायी संघ चितवनका सल्लाहकारसमेत रहेका सफल युवा व्यवसायी सिरीष पन्त नयाँ सोच, स्पष्ट योजना, ऊर्जाशीलता र सहयोगी स्वभावका कारण अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवार रहेको बताइएको छ।त्यस्तै, उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्य तथा सह–कोषाध्यक्षसमेत रहेकी सफल महिला उद्यमी अस्मिता तिमिल्सिना रिजालले वाणिज्य क्षेत्रको प्रतिनिधित्व गर्दै सदस्य पदमा उम्मेदवारी दिएकी छन्। संघले हार्डवेयर व्यवसायी तथा आम व्यवसायी समुदायलाई दुवै उम्मेदवारलाई अमूल्य मत प्रदान गरी अत्यधिक मतका साथ विजयी गराउन हार्दिक अपिल गरेको छ। निर्वाचन पुस २१ गते हुदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस