Nirvik Khabar

जेनजी र बारा प्रशासनबीच सहमति, कुटपिट गर्नेमाथि कारबाही हुने

बारामा आन्दोलनरत जेनजी समूह र स्थानीय प्रशासनबीच सहमति भएको छ। सशस्त्र प्रहरीको रुद्रवाहिनी गणमा शुक्रबार अपरान्हदेखि भएको छलफल सहमतिमा टुंगिएको हो। आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्ने र सिमरामा जेनजी युवामाथि कुटपिट गर्नेहरूलाई कारबाही गर्ने सहमति भएको वार्तामा सहभागी जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले जानकारी दिए। छलफलका क्रममा आगामी दिनमा यस किसिमका झगडा नगर्ने तथा घाइते जेनजीको संरक्षण गर्ने लगायतका विषयमा सहमति भएको उनले बताए।
यद्यपी लिखित सहमति भने भएको छैन। सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा दुईजना वडाअध्यक्षसहित हालसम्म तीन जना पक्राउ परेका छन्।

अब तिलोक शाह ठकुरी, सुनिल गुप्ता, तारा बहादुर बस्नेत, आरिफ खानको नाममा पनि भोलि नै जाहेरी दिने ‘काउन्सिल अफ जेनजी’ का बारा जिल्ला संयोजक सम्राट उपाध्यायले बताए।वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागी थिए। यस्तै, स्थानीय प्रशासनको आग्रहपछि अभियन्ता सुदन गुरुङ, ‘जेनजी’ नेता पुरुषोत्तम यादवलगायत काठमाडौंबाट बारा पुगेका थिए।

बुधबार बारामा भएको एक कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत काठमाडौंबाट त्यसतर्फ जाँदै थिए। उनीहरूलाई रोक्न भन्दै युवाहरूको समूहले सिमरा एयरपोर्टमा प्रदर्शन गरेका थिए। त्यसक्रममा ‘जेनजी’ र एमाले कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो।एमाले कार्यकर्ताको कुटाइबाट केही युवा घाइते भएपछि अवस्था असामान्य बनेको थियो। त्यहाँ स्थानीय प्रशासनले दुई दिन ‘कर्फ्यू’ लगाएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यहाँको अवस्था सामान्य बन्दै गएको थियो। आज बिहानदेखि जनजीवन समान्य बन्दै गएको हो भने यातायात पनि पूर्ण रूपमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस