Nirvik Khabar

श्रीमानले कुटपिट गरि पाठेघर निकालिदिएका कारण गम्भिर घाईते माझीको मृत्यु

चितवन, १७ जेठ 

खैरहनी–१० मुसहर बस्तीकी गीता माझीको उपचारका क्रममा मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार शल्यकृया गरेको बिरामीको मुटुको चाल एक्कासी बन्द हुने समस्या कारण मृत्यु भएको हो। यो समस्या प्रति एक लाखमध्ये दुई जनामा देखिने समस्या हो।

https://www.facebook.com/khabarnirvik/videos/2252742698236020

 

श्रीमान रामचन्द्र माझीले गुप्ताङ्गमा लौरो छिराएर घाइते बनाएपछि गीता बिहीबार भरतपुर अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकका अनुसार गीताको गुप्तङ्गमा लौरो छिराइदिएपछि यौनाङ्ग नै च्यातिएको थियो। श्रीमान रामचन्द्र भने चितवन प्रहरीको नियन्त्रणमा छन्।

https://youtu.be/se4Obh0EEHs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस