चितवन, १७ जेठ
खैरहनी–१० मुसहर बस्तीकी गीता माझीको उपचारका क्रममा मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार शल्यकृया गरेको बिरामीको मुटुको चाल एक्कासी बन्द हुने समस्या कारण मृत्यु भएको हो। यो समस्या प्रति एक लाखमध्ये दुई जनामा देखिने समस्या हो।
https://www.facebook.com/khabarnirvik/videos/2252742698236020
श्रीमान रामचन्द्र माझीले गुप्ताङ्गमा लौरो छिराएर घाइते बनाएपछि गीता बिहीबार भरतपुर अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकका अनुसार गीताको गुप्तङ्गमा लौरो छिराइदिएपछि यौनाङ्ग नै च्यातिएको थियो। श्रीमान रामचन्द्र भने चितवन प्रहरीको नियन्त्रणमा छन्।
https://youtu.be/se4Obh0EEHs


































Discussion about this post