Nirvik Khabar

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

भरतपुर,जेठ २८
नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेसमैत्री नीति र बजेट निर्माणका लागि जिल्लाका सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । महासंघको आज (बुधबार) सम्पन्न कार्यसमिति बैठकले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि नीति तथा बजेट निर्माण गर्दा स्थानीय सञ्चार माध्यामहरुलाई प्राथमिकतामा राख्न आग्रह पनि गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष बसन्त पराजुलीले पालिकाले बिज्ञापन प्रकाशित प्रसारित गर्दा स्थानीय सञ्चार माध्यामलाई प्राथमिकतामा राख्न आग्रह गरिएको बताउनुभयो  । सञ्चार क्षेत्रमा देखिएको संकट र पत्रकार पलायनको अवस्था न्यूनिकरणका लागि प्रेस मैत्री बजेट निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो  ।
साथै महासंघको बैठकले पत्रकारको स्वास्थ्य तथा वृत्तिविकासका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । अक्षय कोषमा सहयोग गर्न चाहानेहरुका लागि महासंघले आह्वान गरेको पराजुलीले बताउनुभयो । बैठकमा सल्लाहकार राधेश्याम खतिवडा, नारायण प्रसाद अधिकारी, प्रकाशमणि ज्ञवालीले कोषले पत्रकारको स्थायित्वका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले पत्रकारको सुरक्षाका लागि महासंघ अग्रपंतिमा उभिएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस